बालुवाटारमा मन्त्रीपरिषद्को बैठक

काठमाण्डु टुडे २०८२ साउन १८ गते १५:११ मा प्रकाशित

काठमाण्डू, १८ साउन– आज (आइतबार) मन्त्रीपरिषद्को बैठक बस्दै छ । आजको मन्त्रीपरिषद्को बैठक अबको केहिबरेमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली आज मध्यराति तुर्कमेनिस्तान जाँदैछन् । त्यसअघि बैठक बस्न लागेको हो । बैठक बस्न मन्त्रीहरू बालुवाटार पुगिसकेका छन् ।

प्रधानमन्त्री ओली बालुवाटारमै आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गरिरहेका छन् । उक्त कार्यक्रम सकिएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us