माधवजीसँग पार्टी एकताबारे सकारात्मक छलफल भएको छ, अब छिट्टै प्रक्रिया अगाडि बढ्छः प्रचण्ड

काठमाण्डु टुडे २०८२ साउन १६ गते १८:०३ मा प्रकाशित

काठमाण्डू, १६ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँगको एकता प्रक्रिया सकारात्मक भएको जानकारी गराएका छन ।

आज (शुक्रबार) माओवादीको मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा पार्टी एकता प्रक्रिया सकारात्मक भएको ब्रिफिङ गरेका हुन् ।

यस्तै समाजवादी मोर्चालाई थप प्रभावकारी बनाएर लैजाने विषयमा नेताहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिँदै उनले मोर्चामार्फत छलफल अगाडि बढाउँदै पार्टी एकता गर्न सकिने बताएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिएका छन । ‘समाजवादी मोर्चालाई थप सक्रिय बनाउने धारणा राख्नुभयो ।

एकीकृत समाजवादीसँग एकता सकारात्मक भएको जानकारी गराउनु भएको छ । पूर्वप्रधानमन्त्री माधव नेपालसँगको दुई चरणको छलफल सकारात्मक भएकाले छिट्टै पार्टी एकता गर्ने विषयमा सकारात्मक भएको छ । विप्लवसँग पनि पार्टी एकताका लागि अगाडि विषयमा पहल भइरहेको जानकारी गराउनुभयो’ प्रचण्डको भनाई उदृत गर्दै गजुरेलले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us