अब सवारी लाइसेन्सको अवधि १० वर्ष

काठमाण्डु टुडे २०८२ साउन १६ गते १७:०६ मा प्रकाशित

काठमाण्डू, १६ साउन– अबबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ ।

जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख गरीएको छ ।

संशोधित व्यवस्था अनुसार यस्तो अवधि अब १० वर्ष बहाल हुने भएको छ । लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पुर्‍याइएको छ । यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us