काठमाण्डू, १६ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको स्विकार गरेका छन ।
इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेललाई अन्तर्वार्तामा खनालले एमाले विभाजन गलत रहेछ भन्ने ठाउँमा पुगेको तर्क गरेका छन । नेता खनालले भनेका छन, ‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म’ एमालेमा जुन विद्रोह गरियो त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म ।
पुष्टि नहुनुको अर्थ गलत गरियो ।’ यद्यपि एमालेमा फर्कने प्रश्नमा भने खनालले सर्त राखेका छन् । एकीकृत समाजवादीका सम्मानित नेता खनालले एमाले फर्कन चार सर्त राखेका छन् ।
माक्र्सवाद–लेनिवाद मार्गदर्शक सिद्धान्त, ०६२–०६३ सालमा पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भइकाले समाजवादी क्रान्तिमा जानुपर्ने निष्कर्ष, जबज छोडेर समाजवादी कार्यक्रम र वैज्ञानिक समाजवादलाई लक्ष्य मान्ने सर्तमा एमाले फर्कने खनालले घोषणा गरेका छन ।