काठमाण्डू, १५ साउन– प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन ।
आज (बिहिबार) एमालेको साहित्य, कला तथा संस्कृति विभागद्वारा आज आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले सबै नेपालीले हरेक साउन १५ मा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
साथै, ओलीले तराई मधेशमा यस वर्ष सुक्खा लागेकोले राम्रो खेती हुन नसकेको अवस्थामा सिँचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको पनि बताए । सुनकोशी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएका छन ।