बागमतीको विवादबारे एमालेको चासो, कांग्रेसको जवाफः आन्तरिक विषय आफैं मिलाउँछौं

काठमाण्डु टुडे २०८२ साउन १५ गते १६:२८ मा प्रकाशित

काठमाण्डू, १५ साउन– आज (बिहिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकमा सत्ता घटक दल एमालेले बागमती प्रदेश सरकामा भएको विवादमा चासो राखेको छ ।

आजको बालुवाटारको बैठकमा सत्तारुढ दुई दल एमाले र कांग्रेसबीचको छलफलका क्रममा एमालेका नेताहरूले यसबारे चासो राखेको थियो । एमालेको चासोमा कांग्रेसले भने आफूहरूको आन्तरिक विषय आफैं मिलाउने जवाफ फर्काएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

आजको बैठकमा बागमतीको विवादबारे केहीबेर छलफल भएको स्रोतले जानकारी दिएको छ । आजको बैठकबारे स्रोतले भन्यो, ‘बागमतीको बारेमा छलफल भयो । अहिलेसम्म भएको घटनाक्रमबारे छलफल भयो, हो हाम्रो आन्तरिक विषय हो ।

यसमा केही दिनमै निकास दिन्छौं भनेर हामीले जवाफ दिएका छौं ।’ बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई हटाउने तयारीस्वरुप संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भइसकेका छन् । यद्यपि लामाले पदबाट राजीनामा दिएका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us