लिङ्देनका स्वकीय सचिवले राप्रपाका प्रदेश सभा उम्मेदवारलाई हेल्मेटले कुटे

काठमाण्डु टुडे २०८२ साउन १५ गते १५:१४ मा प्रकाशित

काठमाण्डू, १५ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पाल्पाका राजु गैरेमाथि हेल्मेट प्रहर गरेका छन ।

गत निर्वाचनमा पाल्पामा प्रदेश सभातर्फ –२ को (ख) बाट राप्रपाका उम्मेदवार बनेका गैरेले सामाजिक सञ्जालमा अध्यक्षविरुद्ध लेखेको भन्दै कडायतले हेल्मेटले प्रहार गरेका हुन ।

बुधबार केही साथीहरूसँगै विशालनगरमा चियागफ गरिरहेको बेला गैरै भएकै ठाउँमा पुगेर कडायतले हेल्मेटले प्रहर गरेका हुन । साथीहरूसँगै बसेको उनलाई केही पर छुट्टै लगेर कडायतले हेल्मेटले प्रहार गरेका हुन ।

सामाजिक सञ्जालमा लेखेको भन्दै कडायतले हेल्मेटले प्रहार गरेको गैरेले जानकारी दिए । ‘सामाजिक सञ्जालमा के पोष्ट गरेको भनेर उसले सोध्यो । मैले गरेको कुन पोष्ट भनेर सोधेँ । किन म माथि आक्रमण भयो, अहिलेसम्म अस्पष्ट छु,’ गैरले प्रहरीमा उजुरी दिएको जानकारी गराए । कडायतले आफूमाथि कुटपिट गरेको भिडियो गैरेले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

न्याय नपाए पार्टी कार्यालयमा पासो लगाएर मर्ने चेतावनी समेत उनले दिएका छन । राप्रपामा १८ वर्ष योगदान दिएको कारणस्वरूप ‘धार्मिक उपहार’ पाएको उनले लेखेका छन् ।

गैरेले अध्यक्ष लिङ्देनतर्फ संकेत गर्दै झापाको छुर्पी ग्याङ चलाए जस्तो पार्टी चलाउन नभएको उनको तर्क छ । लिङ्देनलाई उनले भनेका छन्, ‘अध्यक्षज्यू, वैचारिक तर्क मन नै नपर्ने तपाईं, तपाईंको कार्यशैलीको विषयमा बोल्नै नपाइने, तपाईंको गुणगान गाउने र चाकरी गर्ने मात्र तपाईको नजरमा पाटी कार्यकर्ता हुने अरू सबै तपाईंका दुश्मन ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us