काठमाण्डू, १५ साउन– दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१७ का अन्दाजी १५ वर्षीय सविन भण्डारी र सोही ठाउँका १७ वर्षीय मनोज रोका मगर रहेको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएका छन ।
तुलसीपुरबाट बिजौरीतर्फ जाली बोकेर जाँदै गरेको रा१त ३४७८ नम्बरको ट्याक्टर तुलसीपुर–७ मोतिपुरस्थित हात्तीखौवा ओरालोमा अनियन्त्रित भएर बिहीबार दुर्घटनामा परेको प्रहरीले जनाएका छन ।
ट्याक्टर पल्टिए गम्भीर घाइते भएका भण्डारी र रोका मगरलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ ।
ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरी, सोही ठाउँका १५ वर्षीय धनबहादुर चौधरी र तुलसीपुर–१८ बिजौरीका २६ वर्षीय प्रकाश चौधरी प्रहरी नियन्त्रणमा रहेका छन । दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।