कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता

काठमाण्डु टुडे २०८२ साउन १५ गते १२:५५ मा प्रकाशित

काठमाण्डू, १५ साउन– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता घटक दल कांग्रेस र एमालेको शिर्ष नेताहरुको बैठक जारी छ । आज प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुबीच छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

छलफलमा नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपमहासचिव विष्णु रिमाल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

भेटमा समसामयिक राजनीति, मन्त्रिपरिषद् पुनर्गठनकाबारे छलफल हुने स्रोतले जानकारी दिएको छ । एमालेले तत्काल मन्त्री हेरफेर गर्न चाहे पनि कांग्रेसको अनिक्षाले ढिलाइ भएको बताइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us