काठमाण्डू, १४ साउन- रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्षबाट पदमुक्त भएकी छन् ।
राजधानीमा बुधबार आयोजित पार्टीको प्रथम राष्ट्रिय भेलाले श्रेष्ठलाई पदमुक्त गर्ने निर्णय गरेको हो । भेलामा रञ्जिता भने उपस्थित थिइनन् ।
उनका पति एवं नाउपा संरक्षक चौधरी पक्षका अधिकांश नेता चौधरी पक्षका अधिकांश नेता श्रेष्ठलाई हटाउने पक्षमा उभिएका थिए ।
पोखराको लिची बगैंचा व्यक्तिका नाममा ल्याउन तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र रञ्जितााले बिचौलियासँग डिल गरेको भनिएको अडियो केही समयअघि सार्वजनिक भएको थियो ।
सोही प्रकरणमा गुप्ताले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । रञ्जितालाई उनका पति चौधरीले उक्त प्रकरणबारे पार्टी केन्द्रीय समितिमा उपस्थित भएर जवाफ दिन भनेका थिए ।
यस्तै अनुशासन समितिले उनलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन मंगलबार निर्देशन दिएको थियो । रञ्जिताले पार्टी बैठकको सामना गनिन् र अनुसाशन समितिमा स्पष्टीकरण पनि दिइनन् ।
उनलाई केही दिनअघि घूस डिल प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमै बोलाएर बयान लिएको थियो ।
यसअघि उनले पति रेशम चौधरी पार्टीको साधारण सदस्य हुनसमेत अयोग्य रहेको भन्दै अदालतमा जवाफ पठाएकी थिइन् । टीकापुर
प्रकरणमा जेल परेका चौधरीले १५ जेठ २०८० मा राष्ट्रपतिबाट आममाफी पाएर बाहिर आएपछि महाधिवेशन आयोजना गरी रन्जितालाई अध्यक्षबाट हटाएका थिए ।
तर, निर्वाचन आयोगले चौधरीलाई मान्यता नदिएपछि उनी पुनः अध्यक्षको जिम्मेवारीमा फर्किएकी थिइन् ।
कैलालीको टीकापुर घटनमा अदालतको फैसलाअनुसार जेलमा रहेका बेला रेशमले जेलभित्रैबाट १९ पुस २०७८ मा रञ्जितालाई अध्यक्ष राखेर निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।
विवादमा परेपछि पार्टी सम्पर्कबाहिर रहेकी रञ्जिताले स्वास्थ्यको कारण देखाउँदै शिव बास्तोलालाई कार्यबाहक अध्यक्ष तोकेकी थिइन् । राष्ट्रिय भेलाले बास्तोलालाई कार्यबाहक दिने उनको निर्णयसमेत अस्वीकृत गरेको छ ।
नाउपाका महासचिव ठाकुरसिंह थारुले बास्तोलाई कार्यबाहक तोक्ने निर्णय विधानविपरीत रहेको बताए ।