काठमाण्डू, १४ साउन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफूले पदबाट राजीनामा नदिने बताएका छन । संसदीय दलको नेता पदको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएसँगै लामाले आफूले राजीनामा दिनुपर्ने कुनै आधार नै नरहेको स्पष्ट पारेका छन ।
उनले संविधानभन्दा बाहिर कोही पनि ठुलो नहुने पनि बताएका छन । उनले भने, ‘मैले राजीनामा दिनुपर्ने आधार नै छैन । सबै संविधान अनुसार नै हुन्छ । संविधानभन्दा बाहिर कोही पनि ठुलो हुन सक्दैन ।’