काठमाण्डू, १४ साउन– आज (बुधबार) बसेको राष्ट्रिय सभाको बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि छलफल चलिरहँदा ३ जना मन्त्रीहरू राष्ट्रिय सभाको बैठकमै निदाएका छन् ।
बैठकमा उपप्रधान तथा अर्थ विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षा मन्त्री मानवीर राई निदाएका हुन ।