काठमाण्डू, १४ साउन– प्रहरीले काठमाण्डूमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको दंगीशरण गाउँपालिका–६ घर भएका २२ वर्षीय रमेश खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले पक्राउ गरेको हो । उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ ।