प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै

काठमाण्डु टुडे २०८२ साउन १४ गते १२:०४ मा प्रकाशित

काठमाण्डू, १४ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) बस्ने राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।

जहाँ राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ प्रस्तुत गर्दैछन् ।

यही विषयमाथिको छलफलमा प्रधानमन्त्री ओलीले पनि राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us