विद्या भण्डारीलाई एमाले रोक्ने निर्णय पछि प्रथम राष्ट्रपति यादव भनेः एमालेले पौडी खेल्न दिनुपर्थ्यो

काठमाण्डु टुडे २०८२ साउन १३ गते १६:३६ मा प्रकाशित

काठमाण्डू, १३ साउन– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सक्रिय राजनीतिमा फर्किने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चाहनामा रोक लगाउनु गलत भएको तर्क गरेका छन ।

कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रममा प्रथम राष्ट्रपति यादवले एमालेले भण्डारीलाई पार्टी प्रवेशमा रोक्नु सही नभएको टिप्पणी गरेका हुन । कार्यक्रम सञ्चालक रुपेश श्रेष्ठसँग कुरा गर्दै यादवले भनेका छन्, ‘उहाँ जान हुँदैन थियो, तर उहाँ गइसकेपछि रोक्नु हुँदैन थियो ।’ यादवले भण्डारीको सदस्यता नवीकरण रोकेको विषयमा पनि टिप्पणी गरेका छन् ।

एमालेले व्यक्तिको स्वतन्त्रतालाई सम्मान नगरेको उनले उल्लेख गरेका छन् । यादवले भनेका छन्, ‘पौडी खेल्न दिनुपर्थ्यो। परीक्षा दिन खुला छाड्नुपर्थ्यो ।’ त्यसैगरी, यादवले व्यक्तिले चाहन्छ भने पार्टीमा प्रतिस्पर्धा गर्ने छुट दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘राष्ट्र्रपति भएको व्यक्ति राजनीतिमा फर्किन रोक्ने प्रावधान संविधानमा छैन, कतिपय विषय संविधानमा नलेखिए पनि मर्यादाको विषय भने हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us