समाजवादी मोर्चाको बैठकः छन् वामदेव, छैनन् झलनाथ

काठमाण्डु टुडे २०८२ साउन १३ गते १६:१० मा प्रकाशित

काठमाण्डू, १३ साउन– नेकपा एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी छ । बैठक केहि बेर अधि मात्रै समाजवादीको मुख्यालयमा सुरु भएको समाजवादी मोर्चाका एक नेताले जानकारी दिएका छन ।

आजको समाजवादी मोर्चाको बैठकमा नेकपा एकीकृत समाजवादीका नयाँ नेता वामदेव गौतम पनि सहभागी भएका छन । नेता गौतम गत साउन २ गते काठमाण्डूमा भएको कार्यक्रममा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

उनलाई नेकपा एकीकृत समाजवादीले तेस्रो वरियताको नेता भनेको छ । दोस्रो वरियतामा सम्मानित नेता झलनाथ खनाल छन् । तर मोर्चाको बैठकमा खनाल भने सहभागी छैनन् । केही दिनअघि काठमाण्डूमा भएको एक कार्यक्रममा राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले आफूलाई काम नदिइए नेकपा एकीकृत समाजवादीमा धेरै समय रहन नसक्ने बताएका थिए ।

गौतम औपचारिक बैठकहरूमा एकीकृत नेकपा समाजवादीका तर्फबाट पहिलोपटक सहभागी भएका हुन् । बैठकमा मोर्चालाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल हुने बैठकमा सहभागी हुनुअघि नेताहरूले बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us