एकीकृत समाजवादीको मुख्यालयमा समाजवादी मोर्चाको बैठक

काठमाण्डु टुडे २०८२ साउन १३ गते १५:५९ मा प्रकाशित

काठमाण्डू, १३ साउन– नेकपा एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरु भएको छ । समाजवादीको मुख्यालयमा बैठक केहिबेर अधि मात्रै सुरु भएको समाजवादी मोर्चाका एक नेताले जानकारी दिए ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक र समाजवादी मोर्चाको अबको रणनीतिबारे छलफल हुने ति नेताले जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पछिल्लो पटक मोर्चाको कार्यशैलीबाट असन्तुष्ट छन् ।

उनले मोर्चा नै विघटन गर्ने प्रस्ताव गरिसकेका छन् । यसबाट झस्किएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच पनि यस विषयमा पटकपटक छलफल भइरहेको छ । विप्लव मोर्चाका संयोजक समेत हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us