सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किए

काठमाण्डु टुडे २०८२ साउन १३ गते १४:२९ मा प्रकाशित

काठमाण्डू, १४ साउन– सुदूरपश्चिमका दुई मन्त्री सवार छुट्टाछुट्टै दुई गाडी एकापसमा ठोक्किएर दुर्घटनामा परेको छ । आज (मंगलवार) कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटना लम्कीमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार से.१ झ ३३० र बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएका हुन् । दुबै गाडीमा क्षति भएपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन ।

ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । यस्तै से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us