काठमाण्डू, १४ साउन– डोल्पाको ठूलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरी नदीको बीच भागमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरीएको छ ।
त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङ बस्ने ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्दप्रसाद बोहरा, ३५ वर्षीय लालकुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहराको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएको छ ।
मंगलबार बिहान दाउरा लिन गएका उनीहरू भेरी नदीको बहाव एक्कासि बढ्दा बीच भागमा फसेको उनले जानकारी दिए । उद्धारपछि उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको छ । उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।