बहादुरसिंह लामाले गुमाए संसदीय दल नेताको हैसियत

काठमाण्डु टुडे २०८२ साउन १३ गते १३:३९ मा प्रकाशित

काठमाण्डू, १४ साउन– बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन । आज (मंगलबार) संसदीय दलमा भएको मत विभाजनमा लामाले १५ मात्रै पाए ।

उनको विपक्षमा २२ मत परेको पूर्वमन्त्री समेत रहेका सांसद सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन । यससँगै संसदीय दलको नेताबाट लामाले विश्वास गुमाएका छन् ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका सांसदहरूले उनको विकल्पमा प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई अघि सारेका छन् ।

स‌ंसदीय दलमा लामाले विश्वास गुमाएको तथा २२ सांसद बानियाँको पक्षमा रहेकाले लामालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएर बानियाँलाई सरकार हस्तान्तरण गर्न नैतिक दबाब बढेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us