एकै परिवारका १६ जना गाउँबाटै हराएपछि…

काठमाण्डु टुडे २०८२ साउन १२ गते १४:०७ मा प्रकाशित

काठमाण्डू, १३ साउन– सिन्धुलीमा एकै परिवाका १६ जना गाउँबाटै हराएका छन । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएपछि प्रहरीले खोजतलास सुरु अधि बढाएको छ ।

गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पुर्याएका थिए ।

सोही सूचनाको आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान कार्य सुरु गरीएको एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन । उनले भने, ‘घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगिसकेको छ ।

हायुको घरमा सामान्य क्षति देखिएको छ । हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको पाइएको छ । तर हायुको परिवारका कोही सदस्य पनि घरमा छैनन् ।’ स्थानीय जनप्रतिनिधि लगायत गाउँलेसँग उनीहरूको बारेमा बुझ्ने काम भइरहेको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us