काठमाण्डू, १३ साउन– पूर्व मन्त्री समेत रहेका नेपालीका कांग्रेसका नेता एवं प्रतिनिधि सभाका सदस्यहृदयराम थानीलाई मातृशोक परेको छ ।
थानीकी आमा देवीको ९२ वर्षको उमेरमा आइतबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनको पार्थिव शरीर राति नै गृहजिल्ला सुर्खेत लगिएको छ । उनको सुर्खेतमै अन्त्येष्टि गरिने बताइएको छ ।-