रसुवा, ११ साउन–रसुवाको गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा दुई युवा बेपत्ता भएका छन् ।
गोसाइकुण्ड गाउँपालिका–५ स्थित तालमा पौडी खेल्ने क्रममा आइतबार दुई पुरूष बेपत्ता भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
थापाका अनुसार बेपत्ता हुनेमा मोरङका मनोज न्यौपाने र सुजन ढकाल छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मोहवीर नगालको नेतृत्वमा खोजीका लागि टोली खटिएको उनले बताए ।
खोजीमा सेना, प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीय खटिएका छन्
।