टेरामक्स खरिद भ्रष्टाचारः दिगम्बर झा ३ लाख धरौटीमा रिहा

काठमाण्डु टुडे २०८२ साउन ११ गते २१:२४ मा प्रकाशित

काठमाण्डू, ११ साउन– विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झालाई टेरामक्स खरिद प्रकरणमा ३ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

विशेषका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झासँग ३ लाख धरौटी माग गरेको हो । झा आइतबार विशेषमा उपस्थित भएका थिए ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार झाको बयानपछि थुनछेक बहस भएको थियो । थुनछेक बहसपछि उनलाई धरौटीमा रिहा गरिएको रेग्मीले बताए । तत्कालीन सञ्चारमन्त्री एवं काँग्रेस सांसद् मोहनबहादुर बस्नेत र झालगायत १४ जना र दुई कम्पनीविरुद्ध गत १ जेठमा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us