काठमाण्डू, ११ साउन– कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कमला पन्तले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई महाभियोग लगाउनुपर्ने बताएकी छन् ।
राष्ट्रियसभा बैठकमा आइतबार बोल्दै उनले राई बाइडबडी जहाज खरिद प्रकरणमा मुछिएकाले उनलाई महाअभियोग लगाउनुपर्ने बताएकी हुन् ।
विशेष अदालतले केही दिनअघि सार्वजनिक गरेको उक्त मुद्धासम्बन्धी फैसलाको पूर्ण पाठमा तत्कालीन पर्यटन सचिवका हैसियतमा नेपाल यावु सेना निगम सञ्चालक समिति अध्यक्ष हुँदा वाइडबडी खरिद प्रक्रिया थालेको तर, अभियोजन गर्दा आफूलाई छुटाएको टिप्पणी गरेको थियो । विशेषले त्यसलाई ‘चयनमुखी अभियोजन’ भनेको छ ।
सांसद पन्तले राज्यका निकायहरुप्रति लगातार जनविश्वासमा ह्रास आइरहेको भन्दै यसमा सरकार र दलहरु गम्भीर बन्नुपर्ने बताइन् । ‘वाइडबडी जहाज खरिदबारे हालै अदालतबाट पूर्णपाठ आयोग त्यसले २०७३ वैशाखमा दुई वटा वाइडबडी विमान खरिद अघि बढाउँदाका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अहिले अख्तियार प्रमुख हुनुहुन्छ । व्यक्तिगत रूपमा केही भन्नु छैन उहाँलाई । तर उहाँमाथि विशेष अदालतले प्रश्न उठाएको छ । अन्यमाथि मुद्दा अभियोजन गरे पनि प्रमुख राईप्रति चयनमुखी अभियोजन गरेकोमा आपत्ति जनाएको छ,’ पन्तले भनिन्, ‘यसमा प्रमुख आयुक्त आफैं बोल्नपर्योइ, राजीनामा दिएर अनुसन्धान होस् भन्नुपर्योर । नत्र सरकार बोल्नुपर्यो । कोही बोल्दैन भने संसदमाथि मेरो भन्नु छ । त्यो पनि बोल्दैन महाभियोग लगाउनुपर्यो , संविधानको धारा १०१ मा महाभियोगको व्यवस्था छ, यसबारे हामी बोल्नुपर्छ ।’