१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८२ साउन ११ गते १७:१९ मा प्रकाशित

काठमाण्डू, ११ साउन– प्रहरीले महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङबाट एक जनालाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको सुन्दरहरैंचा नगरपालिका–६ नमुना चोक बस्ने ३७ वर्षीय खगेन्द्र विक रहेको प्रहरीले जानकारी दिएको छ ।

विकलाई शनिबार साँझ पक्राउ गरीएका प्रहरीले जानकारी दिएको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै उक्त सम्बन्धमा आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us