गुल्मीमा आगलागीबाट एक युवतीको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन ११ गते १५:०४ मा प्रकाशित

काठमाण्डू, ११ साउन– गुल्मीको आगलागीमा परेर एक जनाको युवतीको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी ककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान मृत्यु भएको हो ।

मानसिक अवस्था कमजोर रहेकी जुना आफैले घरमा आगो लगाएको धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीले जानकारी दिएका छन । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट ? तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us