राजनीतिमा कुन नेता कतिबेला जेल पर्छ भन्न सकिँदैनः ओली

काठमाण्डु टुडे २०८२ साउन ११ गते १४:०८ मा प्रकाशित

काठमाण्डू, ११ साउन–प्रधानमन्त्री केपी ओलीले राजनीतिमा लागेका व्यक्ति को कतिबेला जेल पर्छ भन्नै नसकिने बताएका छन् ।

आइतबार बालुवाटारमा बिपी कोईराला राष्ट्रिय पुरस्कार–२०८१ सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए ।

दरबार हत्यकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेर दलहरूमाथि प्रतिबन्ध नभए पनि नेताहरूलाई जेल हालेको स्मरण उनले गरे ।

सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुसीले अह्राएका मान्छेले मुद्दा लगाउने, फसाउने काम भएको उनले बताए ।

‘राजनीतिमा कतिबेला को जेल पर्छ, पर्दैन भन्न सकिँदैन । पूर्वाग्रह, प्रतिशोध । अस्तिमात्रै दरबार हत्यकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि प्रतिबन्ध त लागेकै थियो । नेताहरूलाई सबैलाई घरघरमा, जेलमा लगेर थुन्ने, सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुसीले अह्राएका मान्छेले मुद्दा लगाउने, फसाउने ती काम त मान्छेलाई, नेताहरूलाई मुद्दा लगाउनका लागि एउटा शाही छानबिन आयोग कि के भनेर ज्ञानेन्द्र शाह भ्रष्टाचार विरोधी देखिएर शेरबहादुर देउवाका विरूद्ध एउटा शाही आयोगले मुद्दा चलायो । योभन्दा ड्रामा अर्को के हुन्छ, यो ड्रामालाई अर्को के नाम दिने ? यस्ता ड्रामालाई अस्तिसम्म पनि लड्न परेकै हो ।’
न्युज एजेन्सी नेपालको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us