काठमाण्डू, ११ साउन– कांग्रेस नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को मंसिरसम्म भइसक्ने दाबी गरेका छन । आज (आइबतार) काठमाण्डूमा पत्रकार सम्मेलन गर्दै कांग्रेस नेता सिटौलाले यस्तो बताएका हुन ।
उनले ४ वर्षे कार्यकाल आगामी मंसिरमा सकिने र एक वर्ष थप्न सकिने प्रावधानअनुसार अघि बढ्ने पनि बताएका छन । कांग्रेस नेता सिटौलाले कांग्रेस महाधिवेशन चार वर्षमा कहिल्यै नभएको भन्दै २०८३ को दशैंको सेरोफेरोमा हुने दाबी गरेका छन ।
उनले भने, ‘महाधिवेशन २०८३ सालको दशैंको सेरोफेरोमा हुन्छ, अहिले हुँदैन, ‘कांग्रेसको महाधिवेशन आजसम्म चार वर्षमा कहिल्यै भएको छैन। चार वर्षको कार्यकाल हो, एक वर्ष म्याद थप्न पाइन्छ ।’
उनले थपे, ‘अब चार वर्ष यो मंसिरमा पूरा हुन्छ। अहिलेसम्म क्रियाशील सदस्य नवीकरण टुंगिसकेको छैन। क्रियाशील सदस्य नवीकरण असोज मसान्तमा टुंग्याउने, अनि मंसिरमा कहाँको महाधिवेशन हुन्छरु’ सिटौलाले महाधिवेशन २०८३ को मंसिरभन्दा पछाडि भने लैजान नहुने पनि बताएका छन ।