काठमाण्डू, ९ साउन– बागमती प्रदेशमामा कांग्रेसको संसदीय दलको नेता परिवर्तन हुने भएको छ । संसदीय दलका नेता रहेका बहादुर सिंह लामालाई हटाउनका लागि दबाब दिने उद्देश्यले आज (शुक्रबार) मात्रै कांग्रेसका चारमन्त्री राजीनामा दिएका छन् ।
युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।
संसदीय दलको नेताबाट हटाएर उनलाई मुख्यमन्त्रीबाट समेत पदमुक्त गर्ने गरी पहल समेत सुरु स्रोतले जानकारी दियो । बागमती प्रदेशका पार्टी सभापति समेत रहेका इन्द्र बानियाँले संसदीय दलको नेताप्रति सांसदहरुले असन्तुष्ट रहेको जानकारी गराए ।
संसदीय दलको नेता परिवर्तन गर्ने गरी अघि बढेको बानियाँले बताए । पार्टीभित्र बानियाँ र लामा दुवै संस्थापन पक्षका हुन् ।