बागमतीका चार मन्त्रीले दिए राजीनामा

काठमाण्डु टुडे २०८२ साउन ९ गते १५:३० मा प्रकाशित

काठमाण्डू, ९ साउन– बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा बुझाएका छन । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता हुने पक्क छ रहेको स्रोत बताउँछ । जसको ड्राफ्ट तयार भइसकेको छ । उक्त ड्राफ्ट तयार गरेर प्रस्ताव दर्ता गर्ने तयारी रहेको स्रोतले जानकारी दियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us