इरानको जेलमा रहेका पाँच नेपाली रिहा

काठमाण्डु टुडे २०८२ साउन ९ गते १५:१५ मा प्रकाशित

काठमाण्डू, ९ साउन– इरानको जेलमा थुनामा रहेका पाँच जना नेपाली नागरिक रिहा भएर स्वदेश फर्किएका छन । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सरकार, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा उनीहरू बिहीबार काठमाण्डूमा अवतरण गरेको जनाएको हो। गैरकानुनी रूपमा इरान गएका उनीहरू पक्राउ परेपछि इरानको अदालतले थुनामुक्त गर्ने आदेश दिएको हो। इजरायल र इरानबीच गत १३ जुन २०२५ देखि द्वन्द्व सुरु भएको थियो ।

२३ जुन २०२५ मा दुवै पक्षबीच युद्धविराम भएको हो । त्यसक्रममा नेपाल सरकारले तेल अविवस्थित नेपाली राजदूतावास, दोहास्थित नेपाली राजदूतावास एवं तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूतसँग समन्वय गरेको मन्त्रालयले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us