पोखरीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन ९ गते १४:४२ मा प्रकाशित

काठमाण्डू, ९ साउन– कैलालीमा पानीमा डुबेर बालकको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका–९ को शंकरपुरमा पोखरीमा डुबेर ३ वर्षीय कुशल खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार बिहान ११ बजेतिर बुद्धिराज खनालले सञ्चालन गरेको ‘बुद्धिराज एग्रो कृषि फर्म’ को परिसरमा रहेको पानी जम्मा हुने पोखरीमा बालक डुबेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

बेहोश अवस्थामा प्रहरीले उद्धार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगाएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us