कुलिङ पिरियड संसदीय छानबिन समितिको म्याद ७ दिन थपियो

काठमाण्डु टुडे २०८२ साउन ९ गते १४:३८ मा प्रकाशित

काठमाण्डू, ९ साउन– कुलिङ अफ पिरियडको प्रावधानका सम्बन्धमा गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले थप ७ दिनको म्याद पाएको छ ।

आज (शुक्रबार) बसेको प्रतिनिधि सभा बैठकमा म्याद थप सम्बन्धी प्रस्ताव सभामुख देवराज घिमिरेले प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव स्वीकृत भएको उनले घोषणा गरेका छन् ।

गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो ।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us