रुपन्देही–३ उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल

काठमाण्डु टुडे २०८२ साउन ९ गते १३:४१ मा प्रकाशित

काठमाण्डू, ९ साउन– सत्ता घटक दल कांग्रेसले आगामी कात्तिकमा रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनको विषयमा आजबाट छलफल सुरु गरेको छ ।

पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले छलफलका लागि रुपन्देहीमा हुने उपनिर्वाचन हुने गरी मुख्य एजेण्डा बनाएर शीर्ष नेताहरुलाई बैठकमा बोलाएका थिए । आज (शुक्रबार) बिहान देउवा निवास बुढानीलकण्ठमा भएको छलफल पछि चुनावी रणनीति र वस्तुस्थितिका बारेमा मुख्य गरेर छलफल भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन ।

‘रुपन्देही ३ मा समानुपातिकमा पहिलो पार्टी हौं । स्थानीय तहको निर्वाचनमा पनि पहिलो पार्टी हौं । प्राविधिक हिसाबले हारेका हौं,’ घिमिरेले भने, ‘भोटको अवस्था हाम्रो मजबुत छ भन्ने कुरा छलफल भएको छ ।’बैठकमा उम्मेदवारका विषयमा भने केही छलफल नभएको घिमिरेले बताए । बैठकमा भूमि विधेयक र निजामती विधेयक माथि पनि छलफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us