काठमाण्डू, ८ साउन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बलाएका छन । सभापति देउवा निवास बुढानीलकण्ठमा शुक्रबार विहान ९ बजे बस्ने गरी बैठक बोलाइएको देउवा निकट स्रोतले जानकारी दिएको छ ।
यस्तै बैठकमा समसायिक विषयमा छलफल हुनेछ कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा भूमि विधेयक, निजामति विधेयकको कुलिङ अफ पिरियड लगायतमा छलफल हुने बताइएको छ ।