प्रचण्ड र बाबुराम कांग्रेसकै एजेण्डामा हिंडिरहेका छन्ः सीपी गजुरेल

काठमाण्डु टुडे २०८२ साउन ८ गते १६:०८ मा प्रकाशित

काठमाण्डू, ८ साउन– मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सीपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको आरोप लगाएका छन । आज (बिहिबार) ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन ।

उनले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र मात्रै भएको पनि बताए । उनले बुर्जुवा गणतन्त्रले देशेको विकास गर्न नसक्ने पनि बताए । उनले भने, ‘अहिले जनगणतन्त्र आएको छैन । यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो ।

पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको गणतन्त्र हो । यसले देशमा विकास गर्दैन । बुर्जुवा गणतन्त्रका लागि हामी लडेका थिएनौँ ।’ उनले आफूहरु बुर्जुवा गणतन्त्रको लागि नलडेको तर पुष्पकमल दाहाल र डा.बाबुराम भट्टराईको गद्दारीका कारण जनगणतन्त्र आउन नसकेको उनले बताए । ‘नेपाली कांग्रेसको एजेण्डामै बाबुराम र प्रचण्ड अहिले पनि हिंडिरहेका छन् ।

अहिले प्राप्त भएको जुन लोकतान्त्रिक गणतन्त्र छ, लाकेतान्त्रिक गणतन्त्र नै हाम्रो लागि अभिष्ट हो,’ उनले भने, ‘यसलाई बचाउनका निम्ति अघि बढ्नुपर्छ भनेका छन् ।’ नेता गजुरेलले प्रचण्ड र बाबुरामले गद्दारी गर्दा जनगणतन्त्र आउन नसकेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us