कतारका अमिर थानी स्वदेश फर्किए

काठमाण्डु टुडे २०८१ वैशाख १२ गते १६:१७ मा प्रकाशित

काठमाण्डु, १२ वैशाख– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किएका छन् ।
थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलबार काठमाडौँ आएका थिए । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । उनले राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । स्वदेश फर्कनुअघि थानीको सम्मानमा प्रधानमन्त्रीले दिवा भोज आयोजना गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us