कतारी अमिरलाई प्रचण्डको आग्रहः विपीन जोशीको रिहाइको पहल गरिदिनुस्

काठमाण्डु टुडे २०८१ वैशाख १२ गते १३:०५ मा प्रकाशित

काठमाण्डु, १२ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलबाट हमास लडाकु समूहले अपहरण गरी लगेका नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई आग्रह गरेका छन् ।

इजरायलमा आक्रमणपछि हमास समूहले जोशीलाई अपहरण गरी लगेका थिए । ‘वेपत्ता भएका नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि भूमिका खेलिदिन आग्रह गर्छु’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले युद्ध अन्त्य र विश्व शान्तिका लागि कतारले गरिरहेको मध्यस्थताका लागि प्रशंसासमेत गरे ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा आएका थानीलाई बुधबार प्रचण्डले होटल सोल्टीमा भेटेका हुन् । थानी आजै कतारको राजधानी दोहा प्रस्थान गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us