करतारको विकासमा नेपालीको ठूलो भूमिका छः थानी

काठमाण्डु टुडे २०८१ वैशाख १२ गते १२:५८ मा प्रकाशित

काठमाण्डु, १२ वैशाख– नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बुधबार होटल सोल्टीमा दुई पक्षीय भेटवार्ता भएको हो । त्यस क्रममा थानीले नेपाली श्रमिकहरुको प्रशंसा गरे ।

कतारको विकासमा नेपाली श्रमिकको उच्च भूमिका रहेको उनको भनाइ थियो । थानीले नेपाली युवालाई आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाए । प्रधानमन्त्रीको सचिवालयका अनुसार थानीले नेपाली श्रमिकको क्षमता अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

वार्तामा थानीले नेपालको ऊर्जा, कृषि र यातायात क्षेत्रमा लगानी गर्ने इच्छा प्रकट गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us