नेपाल र कतारबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर

काठमाण्डु टुडे २०८१ वैशाख १२ गते १२:५० मा प्रकाशित

काठमाण्डु, १२ वैशाख– नेपाल र कतारबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

होटल सोल्टीमा दुई देशका प्रतिनिधिमण्डल स्तरीय भेटवार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो । सम्झौतामा नेपालका तर्फबाट कानुनमन्त्री पदम गिरीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच पनि सम्झौता भएको छ । त्यसमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको उपस्थिति थियो । भेटवार्तापछि प्रधानमन्त्रीले थानीको सम्मानमा होटल द्वारिकाजमा दिवा भोज आयोजना गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलबार दुई दिने राजकीय भ्रमणमा आएका थानी आज दोहा फर्कनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us