पोखरीमा डुबेर बालिकाको मृत्यु

काठमाण्डु टुडे २०८१ वैशाख ८ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, ७ वैशाख– सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महादेवा गाउँपालिका–५ भगवतपुर बस्ने दिपु मण्डलकी छोरी १२ वर्षीया भुमिका कुमारी मण्डलको रहेकी प्रहरीले जानकारी दिएको छ ।

मण्डलको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको हो ।डुबेर अशक्त भएकी उनको गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us