वर्तमान सत्ता गठबन्धन माघ कट्दैन: महामन्त्री थापा

काठमाण्डु टुडे २०८१ वैशाख ८ गते १७:१३ मा प्रकाशित

काठमाण्डु, ७ वैशाख– कांग्रेस महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धनले आगामी माध नकाट्ने दाबी गरेका छन । साथै उनले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने पनि बताएका छन ।

आज (शनिबार) इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गरे ।

उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको पनि स्विकार गरेका छन । उनले चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताएका छन । उनले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको पनि बताएका छन ।

थापाले चुनाव अघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताए । इलामबाट नेपालमा चुनाव अघिको गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताएका छन । उनले भने, ‘ म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताका अघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज ।

अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईंहरुको बीचमा फेरि जवाफ दिन आउनेछु’ उनले भने, ‘चुनावको अगाडि गठबन्धन जनतालाई धोका र बेइमानी हो ।

चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन हो । त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us