माछा मार्ने क्रममा नदिमा डुबेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ वैशाख ८ गते १६:५७ मा प्रकाशित

काठमाण्डु, ७ वैशाख– गुल्मीको बडीगाड खोलामा माछा मार्ने क्रममा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सत्यवती गाउँपालिका–६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँ रहेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो माछा मार्न बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोजने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरलले जानकारी दिएका छन ।

घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापा नेतृत्वको टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us