इजरायल र इरान लाई शत्रुता अन्त्य गर्न संयुक्त राष्ट्रसंघको अपिल

काठमाण्डु टुडे २०८१ वैशाख २ गते १४:१९ मा प्रकाशित

एजेन्सी– इरानले इजरायलमा ड्रोन हमला गरेको छ । इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता एडमिरल डेनियल हगारीले जानकारी दिएका छन ।

१ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमीलगायत थिए ।

त्यसको बदलामा इरानले इजरायललाई आक्रमण गर्ने दबाब दिएको छ । इरानले स्थानीय समय अनुसार गएराति १ः ४५ बजेदेखि आक्रमण सुरु गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन ।

आक्रमण सुरु गरेदेखि नै इजरायलमा तनावको स्थिति सिर्जना भएको छ । आक्रमणबाट इजरायलका केही सैन्य क्याम्पमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको टाइम्स अफ इजरायलले जनाएको छ ।

इरानले प्रहार गरेका केही ड्रोनलाई इजरायलले र केहीलाई अमेरिकी सेनाले निष्कृय पारेका छन् । अझै पनि केही ड्रोनहरु इजरायलका आकाशमा उडिरहेको देखेको र ती केही घण्टामै इजरायलसम्म आइपुग्न सक्ने इजरायली सेनाले जानकारी दिएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले आक्रमणको निन्दा गर्दै दुवै देशलाई शत्रुता अन्त्य गर्न आग्रह गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us