
एजेन्सी– दक्षिण कोरियामा भएको आम चुनावमा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले बहुमत प्राप्त गरेको छ । बुधबार भएको निर्वाचनमा डिपीकेले राष्ट्रपति युन सुक योलको पार्टी पिपुल पावर पार्टी (पिपिपी) लाई पछि पार्दै बहुमत प्रप्त गरेको हो ।
निर्वाचनमा प्रत्यक्ष तर्फका दुई सय ५४ सिटमध्ये डिपीकेले एक सय ६१ सिटमा जित हासिल गरेको छ भने भने सत्तारुढ पिपिपीले ९० सिट मात्र जित्न सफल भएको छ । समानुपातिक समेतका सिटहरू गर्दा विपक्षी डिपीकेले राष्ट्रियसभामा एक सय ७५ सिट जितेको छ। यसैगरी पिपिपी लगायतका गठबन्धन पार्टीले १०८ सिट प्राप्त गरेको छ।