महिला सशक्तीकरणमा अझै काम गर्न बाँकी छ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० चैत १६ गते ११:४१ मा प्रकाशित

काठमाण्डु, १६ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन ।

नेपाली महिला उद्यमी महासंघले शुक्रबार हेटौंडामा आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

उनले विगतको तुलनामा महिलाहरुको अवस्था सुदृढ हुँदै गए पनि सन्तोषजनक नरहेको पनि बताएका छन । उनले भने, ‘विगतसँग तुलना गर्ने हो भने नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ ।

तर यो प्रगतिमा सन्तुष्ट हुन सकिने अवस्था अझै छैन, ‘त्यसैले महिला सशक्तीकरणका लागि अझै धेरै काम गर्न बाँकी छ । जुन काम सरकारले र राष्ट्रले मात्र गरेर सम्भव हुँदैन ।

यसमा सबैको हातेमालो आवश्यक छ ।’ उनले आजको समयमा सशक्तीकरण शक्तिसँग जोडिन गएको भन्दै त्यसमा महिला उद्यमीको भूमिका महत्वपूर्ण रहेको पनि बताएका छन । उनले आजको समयमा अर्थतन्त्रसँग नजोडिकन साँचो अर्थमा सशक्तीकरण हुन नसक्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us