दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाण्डु टुडे २०८० चैत ९ गते १३:०१ मा प्रकाशित

एजेन्सी– दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले पक्राउ गरेको छ । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो ।

दुई घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन । दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताएकी छन ।

उनले भनिन्, प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन् ।’ दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us