पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण

काठमाण्डु टुडे २०८० भदौ ८ गते ९:०७ मा प्रकाशित

एजेन्सी– पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गरेका छन ।

ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ट्रम्पमाथि सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा पराजित हुने निश्चित भएपछि नतिजा उल्टाउने प्रयास गरेको आरोप लागेको छ ।

ट्रम्प दुई लाख अमेरिकी डलर धरौटा बुझाएर रिहा भएको बीबीसीले जनाएको छ । आत्मसमर्पणपछि ट्रम्पले आफूमाथि राजनीति प्रेरित आरोप लगाइएको प्रतिक्रिया दिएका छन् ।

प्रहरीले जेलको रेकर्डमा राख्ने ट्रम्पको आधिकारिक तस्बीर (मगसट) सार्वजनिक भएको छ । ट्रम्पले मगसट आफैंले ट्वीट गरेका छन् ।

अदालत वा संघीय अधिकारी समक्ष ट्रम्पले गरेको यो चौथो आत्मसर्पण हो । आपराधिक मुद्धा लागेपछि उनले यसअघि तीनपटक आत्मसर्पण गरिसेकका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us