
काठमाण्डु, १९ साउन- भारतको उत्तर प्रदेशमा पहिरो जाँदा १७ जना नेपाली बेपत्ता भएका छन् ।
उत्तर प्रदेशस्थित गौरीकुण्डमा पहिरोमा बेपत्ता हुनेमा हुम्लाका १० जना र जुम्लाका ७ जना रहेका छन् । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत रहेको खुलेको छ ।
हुम्लाका वीरबहादुर नाम गरेका व्यक्तिले गौरीकुण्डमा होटेल सञ्चालन गर्दै आएका थिए। उनको होटेलमा खाना खान गएका बेला पहिरोले होटेल बगाएको बताइएको छ।बेपत्ता भएका सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ।
यो क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको छ।घाइते भएका कर्णालीका अधिकांश व्यक्तिहरू रोजगारीका लागि भारत गएका थिए । बेपत्ता भएका १९ जनामध्ये १७ जना नेपाली भएको बताइएको छ ।